दफा ३९
हुलाक आदेशको व्यवस्था गर्ने अधिकार
: (१) नेपाल सरकारले समय समयमा तोकेका रकम हुलाकद्वारा आदान प्रदान गर्न सक्ने गरी उपयुक्त देखेको ढाँचाको हुलाक आदेश प्रचलनमा ल्याउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रचलनमा ल्याइएका हुलाक आदेश पठाउँदा, विक्री गर्दा खारेज गर्दा वा त्यसको भुक्तानी गर्दा लाग्ने कमिशनको दर, अपनाउनु पर्ने तरिका र पालन गर्नुपर्ने अन्य शर्त बन्देजहरुको सम्बन्धमा नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
(३) हुलाक आदेश विक्री गर्ने र भुक्तानी दिने हुलाक अड्डाको नाम समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी महानिर्देशकले तोक्नेछ ।